३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौं उपत्यकाको तीन स्थानमा दुर्घट्ना, ३ जनाको मृत्यु, एक गम्भीर


प्रकाशित: सोमबार, १२ फागुन २०७६, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको तीन स्थानमा भएको दुर्घट्नामा ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन ।


सोमबार विहान ललितपुरको बालकुमारीमा भएको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राई रहेका छन ।


कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो । घाइते दुवैको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


त्यस्तै, आईतबार साँझ भक्तपुर नगरपालिका–९, च्यामासिंहमा बा. ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट भक्तपुर नगरपालिका–१०, कमलविनायकका ११ वर्षीय तिलक मकाजुको मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरीले ठक्कर दिने ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।


काठमाडौंको पुरानो बसपार्कमा बा ७५ प २२५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना गोदावरी नगरपालिका–५, लेलेका ४२ वर्षीय श्रवण तामाङ घाईते भएका छन हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex