८ बैशाख २०८१, शनिबार
Header

काठमाडौं उपत्यकाका सम्पदालाई तत्काल ‘खतराको सुचीमा’ नराखिने


प्रकाशित: विहिवार, १९ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकाका विश्व सम्पदालाई तत्काल ‘खतराको सुची’ नराखिने भएको छ । 


बिहिवार अजरबैजानको बाकुमा जारी विश्व सम्पदा समितिको ४३ औं बैठकमा भएको छलफलमा काठमाडौं विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदालाई अहिले खतराको सुचिमान नराख्न चीन, ब्राजिल, जिम्बावेजस्ता देशले बहष गरेपछि खतराको सुची टरेको छ । 


उनीहरुले अहिले सूचीमा राख्दा नेपालको पर्यटन प्रभावित हुने भन्दै तत्काल खतराको सूचीमा राख्न नहुने सुझाव दिएका थिए ।


संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकाका सम्पदालाई विश्व सम्पदा सूचीको ‘खतराको सूची’मा राख्न प्रस्ताव गरेको थियो । 


भूकम्पपछि नेपालले खासै प्रगती गर्न नसकेको लगायतका विषयलाई लिएर युनेस्कोले नेपालका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आइरहेको छ । 


सो छलफलमा काठमाडौंका सम्पदा पुनर्निर्माणको चरणमा रहेको र अहिले नै खतराको सूचीमा राख्दा विश्व समुदायबाट हुने सहयोग प्रभावित हुने भएकोले नेपालको पक्षमा सहभागीहरुले बहष गरेको थियो । 


बहषपछि काठमाडौं उपत्यकाका सम्पदालाई एक वर्षको समय दिने र तत्काल खतराको सूचिमा नराख्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD