१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौं उपत्यकाका विद्यालयहरु माघदेखि खुल्ने


प्रकाशित: शुक्रवार, २४ पुष २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालयहरु स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि खुल्ने भएको छ ।


कोभिड–१९ को जोखिम घट्दो अवस्था रहेको तथा लाइन तथा रेडियो–टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । 


गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन । 


काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती भट्टराईका अनुसार जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने भएको हो । गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन–चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने भट्टराईले बताएका छन । 


काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय रहेका छन । सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन ।


कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले लामो समयदेखि विद्यालय बन्द रहेको र महामारीको जोखिम घटेकाले काठमाडौँ र शहरी क्षेत्रका विद्यालय पनि खुलाउन आफ्ना सदस्य विद्यालयलाई आग्रह गरिएको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD