६ जेठ २०८१, आइतबार
Header

काठमाडौं उपत्यकाका नगरहरुमा स्मार्ट सडकबत्ती र हाइमास्ट बत्ति जडान गरिनेः चिरिबाबुु


प्रकाशित: सोमवार, १ असोज २०८०, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका नगरहरुमा स्मार्ट सडकबत्ती, हाइमास्ट स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसन जडानका लागि सबै नगरपालिकाहरू तयार भएको बताएका छन ।


काठमाडौंको टोखा नगरपालिकाका बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल सो काम गर्नका लागि काम अघि बढाउने भएको छ । 


महर्जनले उपत्यकाका नगरपालिकाहरुले स्मार्ट सडकबत्ती जडानका लागि स्मार्ट सडकबत्तीका लागि बजेट छुट्याएर काम गरेको बताउँदै बजेट नछुुटाएका नगरपालिकाहरुले पनि बजेट छुुट्टाउन आग्रह गरे । 


सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि उपस्थिती रहेको थियो । 


छलफलमा घिसिङले सडकबत्तीका एकमुस्ट टेन्डर गर्न सकिने बताएका थिए । घिसिङले सबै पालिकाहरूसँग सहकार्य गरी स्मार्ट सडक बत्ती जडानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD