१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौं उपत्यकाका गाडी भाढा बढ्यो, चढ्ने वित्तिकै रु २० तिर्नु पर्ने


प्रकाशित: शुक्रवार, ६ साउन २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको भाडा दरमा बृद्धि भएको छ ।


वाग्मती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारबाटै लागू हुनेगरी भाडा बढाएको भाडा अनुसार उपत्यकामा सार्वजनिक सवारीसाधन चढ्ने बित्तिकै २० रुपैयाँ भाडा तिर्नुपर्ने छ ।


अब उपत्यकमा चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २० रुपैयाँ रहेको छ भने ५ देखि १० किलोमिटरको दूरीमा पहिले २५ रुपैयाँ भाडा रहेकोमा अहिले २७ रुपैयाँ बनाइएको छ ।


१० देखि १५ किमी दूरीमा ३० रुपैयाँ भाडा रहेकोमा अब ३२ रुपैयाँ तिनुपर्ने हुन्छ । मालबहाक सवारी साधनको प्रतिकिलोमिटर प्रतिटनमा १३.४५ रुपैयाँ भाडा रहेकोमा अहिले बढाएर १५.०५ रुपैयाँ कायम गरिएको छ । 


विद्युतीय माध्यमबाट सञ्चालित यात्रुबहाक सवारी साधन र ट्याक्सीको हकमा बैशाखमै लागू गरिएको भाडादर नै यथावत राखिएको वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD