काठमाडौं । झापाबाट काठमाडौं तर्फ आउँदै गरेको बस विहान धादिङको गजुरीस्थित त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।
विहान ६ बजे ना७ख ४३८७ नं को बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घट्ना भएको थियो ।
दुर्घट्नमा परि मृतकमध्ये ४ जनाको घटनास्थलमा नै र एकको उपचारका क्रममा लैजाने क्रममा बाटैमा मृत्यु भएको छ भने २९ जना घाइते भएका छन ।
प्रहरीका अनुसार मृतक मध्ये २ जना पुरुष र २ जना महिला रहेका छन । एक जनाको शव पानीमै रहेकोले पुरुष महिला छुटाउन सकिएको छैन ।
दुर्घट्नका कारण अनुसन्धानपछि थाहा हुने प्रहरीले जानकारी दिए ।
Categorized in समाज