२० बैशाख २०८१, बिहिबार
Header

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा ७ जनाको मृत्यु


प्रकाशित: बुधवार, २३ फागुन २०८०, ०९ः५० बजे
- महानगरखवर

काठमाडौं । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको एक यात्रुबहाक बस त्रिशुलीमा खस्दा अहिलेसम्म ७ जनाको मृत्यु भएको खबर छ । 


प्रहरीका अनुसार बुधवार विहान सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४ः४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा दुर्घट्ना हुन पुगेको हो ।


सो दुर्घट्नामा परि घाइेते ३६ जनालाई उद्धार गरी उपचारको लागि काठमाडौं र चितवन पठाइएको प्रहरीले बताए ।


मृत्यु हुनेमा १ जना महिला र ६ जना पुरूष छन भने बस नदीमा आधा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।


सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ ।


प्रहरीले सो बसका चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई नियन्त्रणमा लिएको छ ।


दुर्घट्नाको कारण थप अनुसन्धानपछि थाहा हुने प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD