४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं अपडेटः एक लाख ४८०५ मत गनिसक्दा, सिर्जनाले स्थापितलाई पछि पारिन, अरुको कति ?


प्रकाशित: आईतवार, ८ जेठ २०७९, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले आईतवार विहान ८ः४५ बजेको अपडेट अनुसार १ लाख ४ हजार ८०५ मत गणना भईसकेको छ ।


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले २० हजार ७०५ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार २२४ मत पाएका छन ।


स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ३७ हजार ९४४ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३ हजरा ९७८ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३७ हजार ८४६ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले १३ हजार २०५ मत पाएका छन । राप्रपाकी विनिता मगैयाले ६ हजार ८७९ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले ४ हजार ४४३ मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, २३, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को हो । अहिलेसम्म १, २, ३, ४, ५,६, ८, २७, २८,२९,३०,३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । 


७ वडाको पनि मतगणना सम्पन्न भईसकेको छ भने २२ वडाको मतगणना सुरु गरिने निर्वाचन कार्यलयले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex