७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौं– २ मा सहिद स्मृति वडास्तरीय फुटसल प्रतियोगिता सम्पन्न


प्रकाशित: मंगलवार, १४ असोज २०८२, १७ः२० बजे
- महानगरखबर

काठमाडौँ । गणेश उज्जन (भूवन) स्मृति प्रतिष्ठान र वसिको क्लबको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका–२ मा वडास्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।


आइतबार सम्पन्न प्रतियोगितामा ३५ वर्षभन्दा माथिको उमेर समूहतर्फ खोलागाल टोल प्रथम, निल सरस्वतीस्थान दोस्रो र बुङ्गाल तथा सखुनाले तेस्रो स्थान हासिल गरेका छन । 


त्यसैगरी ३५ वर्षभन्दा मुनिको समूहतर्फ खुर्सानीटार टोलले प्रथम स्थान, कैलासचौरले दोस्रो स्थान र बुङ्गाल तथा गैरीधारा टोलले तृतीय स्थान प्राप्त गरेका छन । 


प्रतियोगितामा ३५ वर्षभन्दा माथिका ६ टोली र ३५ वर्षभन्दा मुनिका ८ टोली सहभागी थिए । खेल प्रतियोगिता प्रतिष्ठानका प्रविन श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो । 


विजयी टोललाई वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठले प्रमाणपत्र र शिल्ड प्रदान गरेका थिए ।


गणेशकुमार श्रेष्ठ र उज्जन (भूवन) कुमार श्रेष्ठले दस वर्षे सशस्त्र द्वन्द्वकालमा ओखलढुङ्गा पोकलीमा सहादत प्राप्त गरेका थिए । 


उनीहरूको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले द्वन्द्वपीडित, अनाथ तथा अशक्त बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।


प्रतियोगिता समापन समारोहमा सहभागी युवाले “सहिद हुनु गौरवको कुरा भए पनि सहिदको चाहना अनुसार राजनीतिक नेताहरूले अपेक्षित काम गर्न नसक्नु पीडादायी” भएको टिप्पणी गरेका थिए । 


सामाजिक सेवासँग जोडिएका यस्ता खेलकुद गतिविधिले हारजितभन्दा पनि स्वास्थ्य सुधार, शिक्षामा योगदान र युवा जमातलाई नेतृत्वमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex