काठमाडौं । काठमाडौं महानगरपालिका– २८ वडा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानोबसपार्क विच विपद व्यवस्थापन सम्बन्धी छलफल भएको छ ।
वडा अध्यक्ष भाईराम खड्गीको सभापतित्व र सिंहदरवार प्रहरी वृत प्रमुख डिएसपी गंगा पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा भित्र हुने विभिन्न किसिमको विपतजन्य घट्नाको सामना कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
वडा अध्यक्ष खड्गीले प्रहरी बृत प्रमुख पौडेललाई विपद सामाग्री हस्तान्तरण गरेका छन ।
सो अवसरमा प्रमुख अथिती बृतका डिएसपी पौडेलले अहिले मनसुनजन्य विपत्ती बढ्न सक्ने भएकोले यसका लागि वडास्तरबाट स्वंमसेवकहरुको टोली निर्माण गर्न जोड दिएका थिए ।

उनले वडाका विभिन्न भेगमा विपदको वेला तालिम प्राप्त स्वंसेवक निर्माण गुर्न पर्ने सुुझाव दिए ।
यस अवसरमा वडा सदस्य विरेन्द्र महर्जनले विपत्त व्यवस्थापन मुल समितिले विभिन्न स्थानमा उप समिति बनाउने क्रममा धोविधारामा उप समिति निर्माण गरेको जानकारी दिए ।
कार्यक्रममा सेवा केन्द्रका कार्यावहाक अध्यक्ष सुरेन्द्र शाही खड्गीले विपत्त व्यवस्थापनको लागि बागजारका विभिन्न संघ, संस्था, समूह, पुचःहरु सँग सहकार्य गरेर विपत्त व्यवस्थापनको स्वयसेवक दस्ता बनाउनु पर्ने सुुझाव दिएका थिए ।
कार्यक्रममा सेवा केन्द्रका सदस्य भरत तण्डुकारले विपत्तमा खटिने स्वयंसेवकहरुको विमा गरिनु पर्ने बताए ।
त्यसैगरी, सेवा केन्द्रका सदस्य राधेश्याम तण्डुकारले पनि विपत्त व्यवस्थापनको हामी सबै सजग र तयारी अवस्थामा रहनु पर्नेमा जोड दिए ।
कार्यक्रममा वडा सदस्य अरुण तण्डुकार, सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँ, उपाध्यक्ष रमा थापा, सचिव निशा अली खान, सह सचिव अजय खड्गी लगायत, प्रहरी हवल्दार यादव देवकोटा लगायतको उपस्थिती रहको थियो ।
छलफल कार्यक्रम वडा सचिव विष्णु पौडेलले सञ्चालन गरेका थिए ।
Categorized in वडा