२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौं– २८ वडाका एकसय बढि जेष्ठ नागरिक सम्मानित (भिडियो)


प्रकाशित: शनिवार ३० भाद्र २०८०, 
- रचना शाही खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २८ का ७५ बर्ष पुरा भएका एकसय बढि जना जेष्ठ नगरिकहरु महिला÷पुरुष सम्मानित भएका छन । 


शुक्रवार सम्मान कार्यक्रमकी प्रमुख अथिति महागरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्मानित जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गरिन । 


सो अवसरमा कार्यक्रमका सभापति तथा वडा २८ का अध्यक्ष भाईराम खड्गीले सम्मानित हुने हरुलाई प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रमका सह आयेजक सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विपेन्द्र खड्गीले टिका लगाइ दिएका थिए । 

 


कार्यक्रमा जेष्ठ नागरिकहरुलाई नेवाः परम्परा अनुसार अण्डा र माछाको सगुुन समेत दिइएको थियो । 


प्रमुख अतिथी उपप्रमुख डंगोलले सो सम्मानित जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन । 


उनले भनिन,‘सम्मानति हुुनुु भएकोमा धेरै धरै बधाई दिन चाहन्छु, यहाँहरुले गरिरहनु भएको योगदानको कदर पनि गर्न चाहन्छु, स्वस्थय लाभ हुनु र सधै सक्रिय भईरन सक्नुहोस र यहाँको आशिर्वाद सधै ग्रहण गरिरहनु पाउँ ।’

 


त्यसैगरी, वडा अध्यक्ष खड्गीले समाजका अग्रज व्यक्तित्वहरुलाई यसरी सम्मान गर्न पाउँदा गर्व महसुुस भएको बताउँदै कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यावाद दिए थिए ।


सेवा केन्द्रका अध्यक्ष विपेन्द्रले यसरी जेष्ठ नगारिकहरुलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको र अग्रजहरुलाई यो सम्मान उहाँको योगदानको कदर भएको बताए । 

 


सम्मानित हुुनेहरु ७५ देखि ९९ सय बर्षसम्मका पनि थिए । बुद्धिमान तण्डुुकार ९९ बर्षका जेष्ठ नागरिक सो अवसरमा सम्मानित भएका थिए । 


त्यसैगरी, ८० बर्षका सुुर्यबाहादुर खड्गी, ७७ बर्षका वालकृष्ण महर्जन, ७८ बर्षका दिनेश चापागाई, ७७ बर्षका मुुकुन्द राजभण्डारी, ७९ बर्षका गणेश कुमार कर्माचार्य, कान्छीमाया तण्डुुकार ७८ बर्ष लगयातका जेष्ठ नागरिकहरु सम्मानित भएका थिए । 


कार्यक्रमको अतिथीमा उपत्यका प्रहरी कार्यलय रानीपोखरी सामुदायिक साखाका प्रमुख डिएसपी रविराज थपलिया र सिंहदरवार प्रहरी बृतका प्रहरी निरीषक राजुुप्रसाद ढकालले आसन ग्रहण गरेको सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशीले जानकारी दिए ।

 


त्यसैगरी, वडा सदस्यहरु विरेन्द्र महर्जन, अरुण तण्डुुकार, निना खड्गी, सचिव वेदप्रसाद दुुलाल लगायतले अतिथिको आसन ग्रहण गरेका थिए ।


कार्यक्रम सेवा केन्द्रका महासविच कमरुद्धिन मियाँले सञ्चालन गरेका थिए । 

 

 

 

 

 


सम्मान कार्यक्रमपछि वडा महिला सञ्जाल, वडा महिला विकास समिति र सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम पनि भएको थियो ।

 

 
तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD