१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं– २७ वडाबाट चेस प्रतियोगिता बिजेता तथा  ‘मिस्टर महानगर’ घोषित ग्रीस महर्जनलाई सम्मान 


प्रकाशित:  शनिवार, १४ असार २०८२, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ को आयोजनामा सम्पन्न ‘मंगलादेवी सिंह स्मृति दोस्रो ओपन फिडे रेटिङ चेस प्रतियोगिता’ का विजेताहरुलाई शुक्रबार विशेष समारोहबीच पुरस्कार वितरण गरिएको छ ।


अन्नपूर्ण माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा पुरुषतर्फ पुरुषोत्तम सिलवाल विजेता बने ।


भिडियोः  

 


उनले ९ मध्ये ८ खेल जित्दै ८.५ अंकसहित रु २५ हजार पुरस्कार हात पारे । क्षितिज भण्डारी ८ अंकसहित दोस्रो रु २० हजार र प्रकाशचन्द्र नेपाल ७ अंकसहित तेस्रो रु १५ हजार नगद सहित सम्मानति भए ।


चौथोदेखि छैटौं स्थानसम्म धिरेन राई, सुरोज महर्जन र शैलेन्द्र न्यौपाने रहेर जनही रु ५ हजार प्राप्त गरे । जनार्दन श्रेष्ठ, कमल श्रेष्ठ, राजन सुवेदी र आशिष फुयाल क्रमशः सातौंदेखि दशौं स्थानमा रहँदै जनही रु ४ हजार जिते ।

 


महिलातर्फ रिया श्रेष्ठ विजेता भइन (रु १० हजार) । शान्ति धिमाल दोस्रो (रु ७५००) र यजश्वी श्रेष्ठ तेस्रो ( ५ हजार) नगद पुरस्कारसहित सम्मानित भए ।


भेट्रान (५५ वर्षमाथि) मा सीएम नवीन तण्डुकार, रेटिङ वर्गमा हार्दिक पन्त, प्रेम खड्का र सन्देश श्रेष्ठ, अनरेटेडमा पूर्णनारायण अवाले, १२ वर्षमुनि अर्णव अर्याल, १० वर्षमुनि अग्रता आचार्य, र अनुशासित खेलाडीमा कुमार महर्जन पुरस्कृत भए ।


यस अवसरमा काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा राष्ट्रिय सभा गृहमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा ओभरअल विजेता बन्न सफल हुँदै ‘मिस्टर महानगर’ घोषित भएका गृस महर्जनलाई वडा २७ ले वडाको इज्जत प्रष्ठितालाई उचाइ थप गरको कदर स्वरुप रु ५० हजार नगदसहित सम्मान गरिएको थियो । 

 


यस अघि वडा २२ ले बिजेता महर्जनलाई  प्रतियोगितामा क्याटागोरी विजेता बनेबापत नगद ७५ हजार रुपैयाँ र ओभरअल विजेता बनेबापत थप ५ लाख रुपैयाँसहित कुल ५ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाए । 


पुरस्कार वितरण समारोहमा मंगलादेवी फाउन्डेसन अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले नगद, ट्रफी र दोसल्ला ओढाई बिजेता खेलाडीहरुलाई सम्मान गरेका थिए । 

 


कार्यक्रममा अन्नपूर्ण विद्यालयका प्राचार्य चन्द्रप्रकाश राजभण्डारी लगायत अतिथिहरुको उपस्थिति थियो । 

 

तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


maharjan complex