१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं– २७ वडाको आयोजनामा पीएल सिंह चित्रकला प्रतियोगिता सम्पन्न (भिडियो)


प्रकाशित: बुधवार, ७ फागुन २०८१, १५ः५५ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २७ ले ५७ औं प्रजातन्त्र दिवसको अवसरमा पीएल सिंह चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।


बुधवार रानीपोखरीस्थित वडाले प्रजातन्त्र दिवसको अवसर र स्व. नेता पिएल सिंहको सम्झनामा पिएल सिंह मेमोरियल पेन्टिङ कम्पिटीशन ) प्रतियोगिता आयोजना गरेको वडा अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए । 

 


सो अवसरमा कार्यक्रमका अतिथी प्रमुख बालेन शाहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन् । 


विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै यसबाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागीता बढाउनुपर्ने उनको भनाइ थियो ।


भिडियोः

 

 


उनले भने,‘विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाइबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ । त्यसको लागि पेन्टिङ र आर्टहरू पनि एउटा माध्यम हो । हामी सृजनशील भयौं भने नकारात्मक कुराहरूप्रति आकर्षित हुने कुरालाई रोक्छ ।’ 
प्रमुख शाहले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको उल्लेख गरे । 

 


‘काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पीएल) सिंहज्यू एकदमै भिजनरी हुनुहुन्थ्यो । उहाँको भिजनमा काठमाडौंले विकासको बाटो देखेको थियो । उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुसी लागेको छ,’ मेयर शाहले भने, ‘उहाँको बारेमा स्कुलका नानीबाबुहरूलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरुलाई पनि एउटा प्रेरणा हुन्छ । लिडरसिपको प्रेरणा पनि चाहिन्छ । यो ठाउँमा चाँही आज पहिलोपटक कार्यक्रम गरिएको हो ।’

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

19 Ferbury 2025, Wednasday

asteriskhubs
Home Page Bottom Second


maharjan complex