१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं– २७ कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु


प्रकाशित: विहिवार, ११ मंसिर २०८२, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, कान्तिपथमा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । 


बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गा, लिखु गाउँपालिका–९ का ३४ वर्षीय स्कुटर चालक सन्तोष खड्काको निधन भएको प्रहरीले जनाएको छ । 


बुधबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि केएमसी अस्पताल भर्ना गरिएको थियो । 


तर, उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो । 


दुर्घटनामा स्कुटरमा सवार अन्य दुई जना घाइते भएका छन । तीमध्ये एकजनाको उपचार केएमसीमै र अर्कोको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex