२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौं– २४ वडाको नयाँ भवन निर्माणको जग शिलान्यास


प्रकाशित: विहिवार, १७ फागुन २०८०, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका २४ वडाको नयाँ भवन निर्माणको जग शिलान्यास गरिएको छ ।

 
विहिवार वडा अध्यक्ष विनोदकुमार राजभण्डारीले शुभसाइतको अवसर पारेर वडा भवन निर्माणको शिलान्यास गरेको जानकारी दिए । 


काठमाडौं याट्खास्थित साढे ३ आना जग्गामा लिप्ट सहित साढे ३ तल्ला भ्याट बाहेक ३ करोड ३३ लाख २१ हजार ५ सय १९ रुपियाँमा निर्माण हुन लागेको अध्यक्ष राजभण्डारीले बताए । 


अध्यक्ष भण्डारीका अनुसार भवन अपांगमैत्री हुने, लिप्टसहितको सुविधा हुनेछ । 


भवन निर्माण सम्पन्न भएपछि मखनस्थित रहेको वडा भवनलाई स्वास्थ्य प्रर्वद्धन केन्द्रको रुपमा सञ्चलान गरिने उनले बताए ।


भवन आगमी बर्ष २०८१ साल पुससम्मा निर्माण हुने कार्यआदेश रहेको रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD