काठमाडौं । काठमाडौं महानगरपालिका वडा २४ र २७ ले भोलि (मंगलवार) देखि नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने भएको छ ।
२० बर्षमाथि सबैलाई ब्लड प्रेसर जाँच र ४० बर्षमाथिकालाई सुगर जाँच तथा परामर्श दिने भएको वडाले जनाएको छ ।
महानगरको स्वास्थ्य परीक्षण महाअभियान अन्तर्गत यी वडाहरुमा मंगलवार विहान १०ः३० देखि ३ः३० सम्म वडाका विभिन्न स्थानमा हुने जनाएको छ ।
८ दिनसम्म चल्ने यो स्वास्थ्य परीक्षण अभियान पुस ४ गते विहिवार सम्म सञ्चालन हुने भएको छ ।
काठमाडौं – २४ वडाको स्वास्थ्य परीक्षण तालिका
काठमाडौं – २७ वडाको स्वास्थ्य परीक्षण तालिका
Categorized in स्वास्थ्य