५ जेठ २०८२, आइतबार
Header

काठमाडौं– २२ वडाले ‘फस्ट मिस्टर महानगर प्रतियोगिता’ गर्दै


प्रकाशित: शनिवार, २७ बैशाख २०८२, १४ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ गर्ने भएको छ । 


‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित गर्न लागेको उक्त प्रतियोगितको लागि आवेदन आव्हान गरेको छ । 


६ वटा तौल समूहमा हुने च्याम्पियनसिपमा ५५ किलोग्राम, ६० किलोग्राम, ६५ किलोग्राम, ७० किलोग्राम, ७५ किलोग्राम र ७५ किलोग्रामभन्दा माथि तौल भएका बडी बिल्डरले आवेदन दिन सक्नेछन । 


६ क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन । 


महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक एवं वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार प्रतियोगितामा नेपाली नागरिक इच्छुक सबैले भाग लिन सक्नेछन ।

 
‘आरोग्य जीवनका लागि खेलमा पालना गर्ने अनुशासनलाई सामान्य जनजीवनमा अभ्यस्त गराउन चाहन्छौँ । यसमा खानपिन, व्यायाम, आराम, निद्राजस्ता स्वस्थ्य सरीरका लागि चाहिने सबै पक्षको सन्तुलन मिलाइएको हुन्छ । यसो हुनु भनेको सामान्यतया अस्पताल जानु नपर्ने अवस्था पनि हो । यो सन्देश प्रवाहका लागि च्याम्पियनसिप आयोजना गरिएको हो ।’ वडा अध्यक्ष महर्जनले भने । 


वर्ल्ड बडी विल्डिङ् फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार प्रिजजिङ् राउण्डमा हरेक तौल समूहबाट ६/६ जना खेलाडी छनोट गरिनेछ । हरेक समूहका ६ जनाबिचको प्रतियोगिताबाट पहिलो, दोस्रो र तेस्रो स्थानका लागि विजेता घोषणा हुनेछ । 


हरेक समूहबाट प्रथम स्थान हासिल गर्ने खेलाडीहरुका बिचमा मिस्टर महानगरपालिकाका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ ।

 
खेलका सबै विधाका खेलाडीहरुका लागि दिइने पुरस्कार राशी १४ लाख रुपैयाँ रहेको छ । यसमा मिस्टर महानगरले ५ लाख ७५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नुहुनेछ । 


खेल सञ्चालनका लागि नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहनेछ ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex