२० बैशाख २०८१, बिहिबार
Header

काठमाडौं– १६ वडा अध्यक्ष स्व.रिजालको श्रद्धाञ्जली सभा सम्पन्न


प्रकाशित: मंगलवार, २ असोज २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका– १६ वडा अध्यक्ष स्व. मुकुन्द रिजालको १३ औं पूण्य तिथिमा मंगलवार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । 


सभामा महानगर प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, वडा अध्यक्षहरु, विषयगत समितिका संयोजक तथा सदस्यहरु, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुले स्व. रिजालको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।  


सभामा प्रबक्ता एंव १७ वडा अध्यक्ष नविन मानन्धरले रिजालले वडाको समृद्धिका लागि देखेको सपनाहरु पूरा गराउन लाग्ने बताए ।


नेतृत्वमा खरो भूमिका निर्वाह गर्न सक्ने कोमल मनका सहकर्मी गुमाउनु पर्दाको पीडा व्यक्त गर्न कठिन हुने रहेछ वडा अध्यक्ष मानन्धरले भने । 


त्यसैगरी,रिजालसँग जोडिएका स्मृति सुनाउँदै वडा १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोलले, चमती आयोजनामा बाँकी रहेको काम सम्पन्न गरेर वडाबासीलाई खुशी दिने कामबाट २०७४ सालमा सम्बन्ध गाँसिएको बताए । 


सो सभामा वडा ३२ का अध्यक्ष एवं राजस्व समितिका संयोजक नवराज पराजुल, २६ वडाका का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी लगायत वक्ताहरुले रिजालको राजनीतिक, सामाजिक तथा अधिकारका क्षेत्रको व्यक्तित्वका विषयमा चर्चा गरेका थिए ।  


स्वास्थ्यमा समस्या भएर नियमित उपचारका लागि भदौ १७ गते अस्पताल भर्ना भएका रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) देखिएपछि सघन उपचारको क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सकरएक्युट किड्नी इन्ज्युरीका कारण भदौ २१ गते विहान ७ः३० बजे निधन भएको थियो । 


स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट स्व. रिजाल काठमाडौँ महानगरपालिकाको वडा १६ का लागि अध्यक्ष निर्वाचित भएका थिए । यस अघि पनि वडाध्यक्षकै रुपमा रुपमा निर्वाचित भएका थिए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD