काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका वडा १६ का लागि देवेन्द्र पाठकलाई उम्मेदवार बनाएका छन ।
कांग्रेसका कामपा– १८ अध्यक्ष समेत रहेको देवेन्द्रलाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस काठमाडौं अध्यक्ष कृष्णसबुज बानियाँले बताएका छन ।
यस अघि वडा नम्बर १६ को लागी नेकपा एमालेले लक्ष्मीरत्न तुलाधर, नेकपा (एकीकृत समाजवादी) बाट मीनबहादुर मानन्धर उम्मेदवार छन भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ उम्मेदवार छन ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार पशुपति कठायतले उम्मेदवारी दिएका छन ।
काठमाडौं– १६ मा २०७९ को वैशाखमा अध्यक्ष पदमा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका थिए । उनको २०८० भदौमा रिजालको निधन भएपछि वडाध्यक्ष पद खाली रहेको छ ।
आज निर्वाचन अयोगमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
Categorized in स्थानिय