२२ आश्विन २०८३, बिहिबार
Header

काठमाडौं– १४ वडा बने फुटसल बिजेता, महिला फुटसल गरिने उपप्रमुखको घोषणा


प्रकाशित: बुधवार, ३ असोज २०८०, २०ः०० बजे
- महानगरखबर

काठमाडौ । ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को बिजेता काठमाडौं – १४ वडा बन्न सफल भएको छ । 


बुधवार लैनचौर ग्राउण्डमा सम्पन्न अन्तरवडा स्तरीय फुटसलको फाईनलमा वडा १३ लाई १ गोलले पराजित गर्दै बिजेता बनेको हो । यस प्रतिस्पर्धामा १४ वडाले ३  र १३ वडाले २ गोल गरेका थिए । 


विजेता टीम १४ वडालाई २ लाख रुपैयाँ र उपविजेता टीमलाई १ लाख रुपैयाँ राशीको पुरस्कार महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रदान गरेका थिए । 


उपविजेता टीमलाई उपप्रमुख सुनिता डंगोलले ट्रफी, सम्मान पत्र र पदक प्रदान गरिन । 


प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडीका रुपमा आशिष कपाली, उत्कृष्ट गोल रक्षक विपिन थापा मगर, सर्वाधिक गोलकर्ता मनिष रानाभाट, म्यान अफ द म्याच एरोन खड्का घोषीत भएका थिए । उनीहरुलाई जनही १० हजार रुपैयाँ र पदकसहित पुरस्कृत गरिएको थियो ।


कामपा २३ वडाको आयोजनामा भदौ २६ गतेदेखि नकआउटका आधारमा हरेक दिन विहान ८ बजेदेखि १२ बजेसम्म खेल खेलाइएको थियो ।

 
सो अवसरमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बिजेता वडा १४ लाई विशेष बधाई दिइन सँगै उपबिजेता १३ वडालाई पनि हार्दिक बधाई दिइन । 


उनले पुरुषको फुटसल त भयो अब महिलाको फुटसल खेलाउनु पर्ने बताईन । 


‘अब पुरुषको फुटसल त भयो, महिलाको फुटसल पनि म्याच खेलाउनु पर्दछ, त्यसको लागि ट्रेनिङबाट सुरु गर्नु पर्छ’, उनले भनिन, ‘महिलाहरुको लागि ट्रेनिङको कार्यक्रम महानगरपालिबाट छिट्टै नै सुरु गर्ने यहाँहरुलाई जानकारी गराउँछु ।’


कार्यक्रममा वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पनि आफ्नो धारणा राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex