१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौं–२८ वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरु सम्मानित


प्रकाशित: सोमवार, २३ असार २०८२, १४ः१० बजे
- रचना शाही खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २८ ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।


आइतबार बागबजारस्थित न्हुँज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वडाभित्रका २३ जना विद्यार्थीलाई सम्मान गरिएको हो। कार्यक्रममा वडाध्यक्ष भाइराम खड्गीले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे।

 


कार्यक्रममा वडा सदस्य विरेन्द्र महर्जन र वडा सचिव विष्णु पौडेलले विद्यार्थीहरूको भविष्यको योजना तथा शिक्षाको उचित छनोटमा ध्यान दिन आग्रह गरे। उनीहरूले एसईईपछि विषय चयनमा देखिने अन्योल हटाउन मार्गदर्शन पनि प्रदान गरे।


सम्मान कार्यक्रममा वडा सदस्य अनरुण तण्डुकार लगायत विद्यार्थीका अभिभावकहरू समेतको उल्लेख्य उपस्थिति रहेको थियो।

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 


सम्मानित विद्यार्थीहरूमध्ये केहीको नाम यसप्रकार छः


१) अदिती चालिेस


२) अमिर महर्जन


३) साक्षी नौवागे 


४) युविन श्रेष्ठ


५) निश्चय श्रेष्ठ तुसुजु


६) प्राज्वल राजबहाक 


७) सौरिक खड्गी


८) आरुस खड्गी


९) तृषा खड्गी


१०) दिखा तण्डुकार


११) श्रनिक खड्गी


१२) सुुभम मानन्धर


१३) सिम्रिका तण्डुकार


१४) नेशा श्रेष्ठ


१५) रिया कर्माचार्य 


१६) प्रशित कर्माचार्य


१७) सक्षम तण्डुकार 


१८) साक्क्षी प्याकुरेल


१९) सेलिना खड्गी


२०) आर्यन खड्गीे 


२१) मतिना तण्डुकार


२२) तृषा तण्डुकार


२३) सुुभाय तण्डुकार

asteriskhubs
Home Page Bottom Second


maharjan complex