७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

काठमाडौंमा ‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’ हुने


प्रकाशित: शनिवार, १ भाद्र २०८१, १०ः२० बजे
- महानगरखवर

काठमाडौँ । महिलाहरुको आवाजलाई सशक्त बनाउने उदेश्यसहित काठमाडौंमा‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’ हुने भएको छ । 


फेस्टिवलको सातौँ संस्करण काठमाडौँमा महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्ने भएको छ । 


विहीबार काउन्सिलमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गरेका छन ।


२ दिने फेस्टिभलमा ३ वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिने भएको छ ।


त्यसैगरी, ५ वटाभन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुति हुनेछन । कम्तीमा ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा १ सयजनाभन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।  


यो फेस्टिवल सन् २०११ मा लण्डनको साउथ वैङ्कमा पहिलो सम्मेलन गरिएको थियो । फेस्टिभल आउँदो मंसिर ८ र ९ गते (नोभेम्बर २३ र २४ तारिख) काठमाडौंमा आयोजना हुनेछ । 


सम्मेलनमा महिलाहरुका पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध भोगाइका विषयमा अनुभव आदानप्रदान हुने तथा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका वक्ताहरुलाई बोलाइन्छ ।


कार्यक्रममा वेलायतका राजदूत रोब फेनको उपस्थिती रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika