११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंमा ९ बजेसम्म देउसी भैलो खेल्न पाउने, मापसे गरेर हल्ला नगर्न प्रशासनको आग्रह


प्रकाशित: मंगलवार, १६ कातिक २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काटमाडौंले काठमााडौं उपत्यकामा देउसी– भैलो राती ९ बजेसम्म मात्र खेल्न पाईने जनाएको छ । 


मंगलवार एक विज्ञप्ती जारी गरी सो जनाएको हो । कोभिड–१९को संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी देउसी–भैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्न आग्रह गरेको छ । 


त्यसैगरी यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरू नगर्नेर नगराउने, जारी विज्ञप्तिमा उल्लेख छ । 


कोरोना भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन । 


साथै प्रशासनले पटाका पड्काउने, उत्पादन तथा ओसारपसारमा रोक लगाएको व्यहोरा पनि विज्ञप्तीमा भनिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD