८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा ७४,७५१ मत गन्दा को कतिले अगाडी ?


प्रकाशित: शुुक्रवार, ६ जेठ २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले शुक्रवार साँझ ७ः३० बजेको अपडेट अनुसार ७४ हजार ७५१ मत गणना भईसकेको छ ।

 
मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले १४ हजार ९८३ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले १४ हजार ६६९ मत पाएका छन ।

 
स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले २८ हजार ११२ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ हजरा ८११ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले २७ हजार ७०२ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले ९ हजार ६१७ मत पाएका छन ।


राप्रपाकी विनिता मगैयाले ४ हजार ९२४ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले २ हजार १९२ मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को हो । अहिलेसम्म १, २, ३, ४, ५, २८, २९,३०,३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD