२० बैशाख २०८१, बिहिबार
Header

काठमाडौंमा ६ महिनामा १ हजार २२३ जना घरेलु हिंसाको सिकार


प्रकाशित: शुक्रवार, १८ फागुन २०८०, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा घरेलु हिंसाका ८ हजार २०८ वटा मुद्दा दर्ता भएको जनाएको छ । 


प्रहरीका अनुसार सो मध्ये काठमाडौं उपत्यकामा घरेलु हिंसाका १ हजार २२३ वटा  उजुरी परेका छन ।


नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालका अनुसार घरेलु हिंसाका ८ हजार २१४ जना पीडित भएका छन । तीमध्ये ७ हजार ४०१ जना महिला र ८१३ जना पुरूष छन ।


कोशी प्रदेशमा ८८२, मधेश प्रदेशमा २ हजार ७३७, बागमती प्रदेशमा ६३८, गण्डकी प्रदेशमा ३२८, लुम्बिनी प्रदेशमा १ हजार ३६७, कर्णाली प्रदेशमा ३९९ र सुदूरपश्चिम प्रदेशमा ६४० जनाले घरेलु हिंसाका सिकार भएको उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD