काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना आशंकका विरामीलाई राख्न ४१८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आईतबार उपत्यकाको पाँच स्थानको क्वारेन्टाइन अवलोकन गरेको छ ।
राज्यमन्त्री मानन्धरले पशुपति, खरिपाटी, तेलकोट लगायतका क्वारेन्टाइन तयारी अवस्थामा रहेकोले प्रयोगमा ल्याउन सकिने बताएका छन ।
विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा २०८, पशुपतिको धर्मशाला, भक्तपुरको कृषि तालिम केन्द्र र नगरकोट नजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा समान ७०/७० बेडको क्वारेन्टाइन तयार पारिएको हो ।
साथै प्रदेश र ७५३ वटै स्थानीय तहहरुमा रहेका होटल, रिसोर्ट र होमस्टेलाई पनि क्वारेन्टाइन बनाउन सकिने पनि राज्यममन्त्री मानन्धरको बताए ।
मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनहरु मापदण्ड अनुसार भए–नभएको अनुगमन तथा सहजीकरण गर्न जिम्मा दिएको थियो ।
Categorized in राष्ट्रिय