काठमाडौं । काठमाडौं उपत्यकामा सोमवार ३ जना कोरोना संक्रमित थपिएको छ ।
काठमाडौंमा २ जना र ललितपुरमा एक जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर १ सय ८६ जना कोरोनाका संक्रमित थपिएका हुन । यो सँगै संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेका छन ।
मन्त्रालयका अनुसार आज विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएसँगै हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन ।
विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय