२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौंमा २८ दिनभित्र मेलम्चीको पानी ल्याउने सम्झौता


प्रकाशित: बुधवार, ४ पुुस २०८०, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा अबको २८ दिनभित्र मेलम्चीको पानि ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।


मंगलवार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग एक समझदारीपत्रमा पानी ल्याउने हस्ताक्षर भएको हो । 


निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको जनाउने पानी ल्याउने सहमति भएको हो । बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत नै तत्काल कार्य सुरू गर्ने निर्णय भएको विकास समितिले जानकारी दिएको छ । 


सहमतिमा आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने उल्लेख छ । 


गत असार ८ गते वर्षायामको जोखिमलाई मध्येनजर गरी सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने कार्य बन्द गरिएको मासाउन २८ र २९ गते मेलम्ची नदीमा ठूलो बाढी आएको कारण पुनः हेडवक्र्स पुरिएको पनि विकास समितिले बताएको छ ।


काठमाडौंमा अहिले पानीको हाहाकारको कारण दैनिक जसो प्रदर्शन हुन थालेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD