२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा होली उत्सव, हेरौं तस्वीरहरु


प्रकाशित: आइतवार, ११ चैत्र २०८०, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । देशको राजधानीमा काठमाडौंमा रंगहरुको पर्व होली उत्सव भव्य रुपमा मनाइएको छ ।


काठमाडौंको वसन्तपुर दरवार स्क्वायर, इन्द्रचोक, असन, केलटोल जनबहाः, दरवारमार्ग लगायत विभिन्न स्थानमा युवा युवतीहरुले रंगमा रमाएर होली मनाईरहेका छन ।


इन्द्रचोक र दरवारमार्गमा स्टेज शो राखिएको छ । युवायुवतीहरुको सो क्षेत्रमा व्यपाक भीडभाड देखिएको छ । 

 


वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व हर्षोल्लासका साथ मनाइएको हो । 


वसन्तपुर, हनुमानढोका क्षेत्रमा त विदेशीहरु पनि  एक आपसमा फागु दलेर विदेशीहरू पनि रमाउने गरेको दृश्यहरु देखिन्छ । 


केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने पछिल्लो समय सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। 

 


फागु भनौं वा होली, यस पर्वको रोमाञ्चकारी पक्षलाई कृष्णलीलाको चीरहरणसँग गाँसेर हेरिन्छ । कथाअनुसार वृन्दावनका गोपिनीहरू पोखरीमा निर्वस्त्र नुहाउन डुबुल्की मारिरहेका बेला कृष्णले उनीहरूका सबै वस्त्र रूखमा झुन्ड्याइदिएका थिए । चिल्ली न बिल्ली परेका गोपिनी र कृष्णको यो उट्पट्याङ प्रसंग नै होलीको चीर गाड्ने परम्परासँग जोडिएको मानिन्छ । वसन्तपुरमा ठड्याइने चीरका ध्वाजाहरू गोपिनीका रंगिविरंगी वस्त्रका प्रतीक हुन भन्ने मान्यता छ ।


त्यसरीनै, पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो। पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन ।

 


असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्व नै होली हो भन्ने मान्यता छ। मधेस तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाउनुको सार्थकता यही कुराले प्रस्ट्याउँछ। त्यताको होलीमा रंगको नशामा भंगको नशा चढेपछि हर्षोल्लास चरममा पुग्छ ।

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


maharjan complex