२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौंमा सुर्तीजन्य पदार्थ विक्री वितरण रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश 


प्रकाशित: शुक्रवार, २९ मंसिर २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्र सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न रोक लगाउने निर्णय कार्यान्वयन नहुने भएको छ । 


शुक्रवार उच्च अदालत पाटनका न्ययाधिस जनक पाण्डे र बज्रेश प्याकुरेलको संयुक्त इजालसलले महानगरले मंसिर १२ गते जारी गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश हो । 


काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी बिक्रीवितरण समेतमा पूर्ण प्रतिबन्ध लगाइएको छ भन्ने सूचनाले निवेदकहरूलाई अपुरणीय क्षति पुग्न सक्ने भन्दै यस्तो आदेश दिएको हो । 


महानगरपालिकालाई विपक्षी बनाई श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD