काठमाडौं । उपत्यकामा रात्री बस सञ्चालन गर्ने सरकारको निर्णय अनुसार साझा यातायात सहकारी संस्थाले रात्री बस सेवा सुरु गरेको छ ।
संस्थाले काठमाडौँका मुख्य सडकमा परीक्षणको रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेको हो ।
संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयका अनुसार अहिले तीन रुटमा बस शुरु भएको छ जस अन्तर्गत न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ ।
बस विभिन्न स्थानको परिक्रमा गरेर पुनः न्यूरोड गेटमा नै फर्किरहेका छन तर यात्रुहरुलाई पुरा जानकारी नएकोले बसमा यात्रुको संख्या कम देखिएको छ ।
संस्था गैरनाफामूलक भएकाले आगामी दिनमा यात्रुको सुविधाका लागि बस थप्ने र रुट अन्यत्र फैलाउने व्यवस्थापक पाण्डेयले बताए ।
Categorized in समाज