१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा सुकुम्वासीलाई जग्गा दिने निर्णयको नेवाः अर्गनाईजेशनद्धारा विरोध


प्रकाशित: मंगलवार, ३० बैशाख २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा सुकुम्वासीलाई ६ आना जग्गा दिने सरकारको निर्णयप्रति वल्र्ड नेवाः अर्गनाइजेसनले आपत्ती जनाएको छ । 


अर्गनाईजसनको केन्द्रिय वैठकले सो निर्णय गर्दै काठमाडौंका रैथानेलाई विस्थापित गर्दै सुकुम्वासीलाई जग्गा बाँड्ने निर्णय सच्चाउन सरकारसँग आग्रह समेत गरेको छ । 


सरकारले उक्त निर्णय नसच्चाए आन्दोलन सुरु गर्ने समेतको निर्णय वैठकले गरेको छ । बैठकमा सरकारले विश्वभरको साथमा नेपालमा पनि कोभिड १९ को संक्रमण फैलिएर सबै लकडाउनमा बसिरहेको अवस्थामा सुकुम्वासी आयोग गठन गर्ने र जग्गा बाँड्ने निर्णय गर्नुमा सरकारको बदनियत प्रष्टिएको ठहर गरेको छ । 


अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले उपत्यकाका रैथानेलाई विस्थापित गर्ने कदम चालेमा नेपालका सबै संघसंस्थासँगै अर्गनाइजेसनले नेपाल सरकारलाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत मुद्दा चलाउने निर्णय समेत गरेको छ ।


वैठकमा नेपालको साथै अमेरिका, क्यानडा, लन्डन, इजरायल र विभिन्न यूरोपीय मूलुकमा रहेका कार्य समिति पदाधिकारी, सदस्यहरुको सहभागीता रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD