९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान गरे ५ सय जरिवाना, पार्किङ र विज्ञापन उल्लंघनमा लाखसम्म 


प्रकाशित: शुक्रवार, ९ साउन २०८२, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धुम्रपान, अनधिकृत पार्किङ र विज्ञापनजस्ता गतिविधिमा कडाइ गर्ने भएको छ । 


हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक ऐन–२०८२ अनुसार अब सार्वजनिक स्थलमा धुम्रपान गरे हरेकपटक ५ सय रुपैयाँ जरिवाना लाग्नेछ ।


नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको भए पनि जनगुनासा धेरै आएकोले आर्थिक ऐनमार्फत कडाइ गरिएको हो ।


“हाम्रो हटलाइनमा धेरै गुनासा आएका थिए। अबबाट निजी सम्पत्ति बाहेकका सार्वजनिक स्थलमा धुम्रपान गरे ५ सय जरिवाना हुनेछ,” उनले बताए ।


पार्किङ उल्लंघन गरे विभिन्न सवारी साधनअनुसार जरिवानाः


दुई पांग्रे सवारी (मोटरसाइकल, स्कुटर)  रु १,०००


चारपांग्रे सवारी (कार, जीप, डेलिभरी भ्यान) रु २,५००


मझौला सवारी (मिनीबस, मिनीट्रक) रु ३,५००


ठूला सवारी (बस, ट्रक) रु ५,०००


अनधिकृत विज्ञापन र प्रचारमा कडाइः


प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमाः रु १०,०००


विना अनुमति सार्वजनिक स्थलबाट देखिने होडिङ बोर्ड विज्ञापनः रु १०,००० देखि रु. १,००,०००


पम्प्लेट, पोष्टर, स्टिकर टाँस वा प्रचार सामग्री फाल्दाः रु५,००० देखि रु. ५०,०००


पर्खाल/खम्बामा लेखाइ वा पेन्टिङ गरेमाः रु. ५,००० देखि रु. ५०,०००


स्वीकृति बिना बेलुन वा यस्तै प्रचार गरेमाः रु ५,००० देखि रु. ५०,०००


स्वागतद्वार निर्माण गरेमाः रु. ५,००० देखि रु. ५०,०००


त्यसैगरी, सार्वजनिक स्थल वा संरक्षित स्थानका रुख, बिरुवामा क्षति पुर्‍याएमाः रु. ५०० देखि रु. ५०,००० सम्म जरिवाना हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex