२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा सार्वजनिक सवारीमा सीसी क्यामेरा जडान सुरु


प्रकाशित: बुधवार, ७ माघ २०८२, १६ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरूमा सीसी क्यामेरा जडान गर्ने कार्य सुरु गरिएको छ । 


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक सवारीमा सीसी क्यामेरा तथा ड्यासबोर्ड क्यामेरा जडान अभियानको शुभारम्भ गरेको हो ।


सार्वजनिक सवारीभित्र चोरी, दुव्र्यवहार तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको गुनासो आएपछि निगरानी प्रणाली जडान गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ । क्यामेरा जडानपछि यात्रको सुरक्षामा सुधार आउने र अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


त्यसैगरी, सवारी दुर्घटना हुँदा कसरी र के कारणले दुर्घटना भयो भन्ने तथ्य पत्ता लगाउन पनि क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरीको भनाइ छ ।


ट्राफिक प्रहरीले आगामी दिनमा उपत्यकाका सबै सार्वजनिक सवारीमा चरणबद्ध रूपमा सीसी क्यामेरा जडान गर्ने योजना रहेको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex