२५ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंमा सापारु (गाईजात्रा) ! (भिडियो तथा तस्वीरहरु)


प्रकाशित: शुक्रवार, १५ भाद्र २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा शुक्रवार जात्रापर्वका सांस्कृतिक संस्थाका निर्णय अनुसार आज पनि सापारु (गाईजात्रा) निकालिएको छ । 


काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्राको रौनक देखिएको थियो । 

 


सांस्कृति परम्परा अनुसार एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यसदिन दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।


राजा प्रताप मल्लकी रानी पुत्रशोकले दुखित भएपछि दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्रा निकालिएको ऐतिहासिक तथ्य रहेको छ । 

 


नेपाल पञ्चांग निर्णय समितिले घोषणा गरे अनुसार यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व भदौ १४ गते परेको छ । 


काठमाडौं उपत्यका ३ जिल्लामा भने सांस्कृति संस्थाहरुले तिथि अनुसार आ–आफ्नो दिन तोकी सापारु मनाएको हो । सोही अनुसार काठमाडौमा आज सापारु निकालिएको हो । 

 


केही मानिसहरुले विहिवार पनि काठमाडौंमा गाईजात्रा मनाएका थिए । 

 

 

 

 

 

 

 

 


तस्वीर तथा भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD