काठमाडौं । काठमाडौंको नयाँ बसपार्क र कागेश्वरी मनहरामा सवारी दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएका छन ।
नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोंगबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले गुरुङलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको हो ।
नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । गोंगबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी सुनमायाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कागेश्वरीको मनहरा नगरपालिका वडा नम्बर ७ अमरसिंह चोकमा हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल एक घरको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ ।
बरालको ट्रमा सेन्टरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज