१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा शुक्रवारबाट २४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाईदै


प्रकाशित: बुधवार, २० साउन २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंमा साउन २२ देखि २४ गते आईतवारसम्म पहिलो डोज भेरोसेल लगाइएकोलाई दोस्रो डोज लगाईने भएको छ । 


काठमाडौं महानगरका ३२ वटै वडा र अन्य १० वटा नगरपालिकाका संभाव भएसम्म सबै वडा, नजिकको स्कुल, स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर खोप कार्यक्रम संचालन गरिने भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा जिल्ला खोप समन्वय समितिको १९ गते को निर्णय अनुसार खोप कार्यक्रम संचालन गरिने भएको हो । 


असार २९ गतेबाट पहिलो डोज लगाएकाहरु २१ दिन पुरा गरेकालाई भेरोसेलको दोस्रो डोज दिन लागिएको हो । 


अत्यावश्यक सेवामा कार्यरतहरुको हकमा ७ वटा अस्पतालहरुमा खोप केन्द्र तोकेको छ । सामाखुसी स्थित राधास्वामी आईसोलेसन सेन्टर, वीर अस्पताल, निजामति अस्पताल,बानेश्वर, टिचिङ अस्पताल महाराजगंज, प्रसुती गृह, थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल मेडिकल केजल जोरपाटी रहेको छ । 


खोप लिन आउँदा खोप कार्ड र विद्युतीय नम्बरलाई अनिवार्य गरेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex