काठमाडौं । शनिवार (भोली) हुने महाशिवरात्रीलाई ध्यानमा राख्दै काठमाडौंका विभिन्न १० रुटमा सवारी आगमन पूर्णरुमा रोक लगाइएकोछ ।
महानगरीय ट्राफिक महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशलातर्फ सवारी आवागमन निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसवर्ष शिवरात्रि मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको र शान्ति सुरक्षा पनि बलियो बनाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए ।
हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि शनिबार परेको छ ।
पशुपतिनाथमा मेलाको सम्पूर्ण तयारी गरिएको विकास कोषले जनाएको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।
यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।
पशुपति मन्दिर परिसरलाई सिँगारेर झकिझकाउ बनाइएको छ ।
Categorized in सम्पदा/संस्कृति