१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंमा विहिवारदेखि राती ८ बजेपछि सवारी साधन चलाउन नपाउने


प्रकाशित: मंगलवार, २६ साउन २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञामा २८ गते विहिवारदेखि राती ८ बजेपछि सावरी साधान चलाउन नपाईने भएको छ ।


मंगलबार काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अतिआवश्यक बाहेकका सवारीसाधनहरू चलाउन निषेध गर्ने निर्णय गरेको हो । 


उपत्यकामा भाद्र ८ गते सम्म निषेधाज्ञा थप गरिएको छ । पछिल्लो समय राति होटलमा गएर भेला भई खानपिन गर्ने धेरै हुन थालेको देखिएपछि सो निर्णय गरिएको हो । 


निजी तथा सार्वजनिक सवारीसाधनहरू राति आठ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्ने भन्ने निर्णय भएको छ । 


अरू निर्णयहरू पूर्व अवस्थाकै भएकोले सोही अनुसार गर्न बैठकले सबैमा अनुरोध गरेको छ । उपत्यकामा संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेधाज्ञा कडा गर्दै लाग्न थालेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD