काठमाडौं । निर्वाचन आयोगको प्रवक्ता शालिग्राम पौडेलले काठमाडौंमा विहान मतदान गर्नेको संख्या कम देखिएको बताएको छन ।
आईतवार दिउँसो आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा उनले सो कुरा बताउँदै देशभर दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।
उनले भने,‘ चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०/११ बजेपछि मात्र भिड बढेको छ ।’
Categorized in राष्ट्रिय