काठमाडौं । काठमाडौंमा आइतवार विहान भूकम्पको धक्का महशुस गरिएको छ ।
विहान करिब ७ बजेर ३९ मिनेटमा काठमाडौं उपत्यकाका आसपास भूकम्पको धक्का गएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ ।
भूकम्प धादिङ, खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ।
Categorized in राष्ट्रिय