१६ चैत्र २०८०, शुक्रबार
Header

काठमाडौंमा विदेशबाट आएकाहरुको अभिलेख राख्दै महानगर


प्रकाशित: शुक्रवार, १४ चैत्र २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिले विदेशबाट आएका यात्रुहरुको अभिलेख राख्ने तयारी गरेको छ । 


महानगर प्रमुख शाक्यले बिदेशको यात्रा गरेर गएको (२०७६) फागुन १८ गतेपछि काठमाडौं आएका र काठमाडौंमै नियमित बसोबास गरिरहेका यात्रुहरुको विवरण संकलन गर्न थालिएको बताए ।


‘ विदेश भ्रमण गरी मार्च १, २०२० (२०७६ फागुन १८) देखि हालसम्म वडामा वसोवास गर्दै आएका नागरिकको अभिलेख तयार गर्न र उनीहरु के–कस्तो अवस्थामा बसेका छन सो को विवरण सहित लगत तयार गरी पठाउन वडा कार्यालयलाई आग्रह गरेका छौं ।’ प्रमुख शाक्यको भनाई छ ।


सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन प्रयास गरिरहेको प्रमुख शाक्यले बताउँदै यसप्रकारको विवरण खोजी गर्न प्रशासन बिभागले वडा कार्यालयहरुलाई पत्राचार गरिसकेको जानकारी दिए । 


त्यसैगरी प्रशासन बिभागका प्रमुख नमराज ढकालकाअनुसार महानगरवासीको दैनिक जीवनयापनलाई सहज बनाउन सकेसम्म नागरिकको घरदैलोमा सामान पु¥याउने व्यवस्था गर्न, यो सम्भव नभए खाद्यबस्तु बिक्री गर्ने पसल नियमित सञ्चालन गर्न सहजीकरण गर्न वडा कार्यालयलाई पत्रमार्फत आग्रह गरिएको छ । 


पत्रमा, वडाका अति विपन्न र छ महिनादेखि वडा क्षेत्रमै नियमित बसोवास गर्दै आएका श्रमिक कामदारहरुको विवरण संकलन गरी विवरण प्रशासन बिभागमा पठाउन भनिएको छ ।


महानगरपालिकाले नगरकार्यपालिकाको चैत ६ गतेको विषेश बैठकबाट १० करोड रुपैयाँको कोष स्थापना गरेर कोभिड–१९ रोकथाम र नियन्त्रणको काममा तत्काल खर्च गर्ने गरी साना, मझौला र ठूला वडा कार्यालयलाई क्रमश २, ३ र ४ लाख रुपैयाँ निकासा पठाइसकेको छ ।
 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD