२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा राती एक बजेसम्म देउँसी भैलो खेल्न पाइने


प्रकाशित: शुक्रवार, २४ कातिक २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरमा यो पटक राती एक बजेसम्म देउसी भैलो खेल्न पाउने भएको छ । 


महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले देउसीभैलो राती १ बजेसम्म खेल्न सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।


‘यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले राती  १ ू बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौं ।’ प्रमुख साहले भने । 


बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको उनले बताए ।

 
प्रमुख साहले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध  मिलाउन अनुरोध गरेका छन ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD