२९ मङ्सिर २०८१, शनिबार
jyapu diwas 1145 AD

काठमाडौंमा रवि लामिछानेको बयान सुरु


प्रकाशित: शुक्रवार, १४ मंसिर २०८१, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको छ ।


उनलाई काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि आज बिहान उपस्थित गराइएको हो ।


कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएपछि उनीसँगै पक्राउ छविलाल जोशीलाई वयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।


प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा पक्राउ गरी पोखरा लगिएको थियो । 


लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।


प्रहरी अधिकृतहरुको अनुसन्धान क्रममा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex