२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा यसरी मनाईयो इन्द्रजात्रा


काठमाडौं । काठमाडौको हनुमानढोका आज इन्द्रजात्रा धुमधामका साथै मनाइएको छ ।


बर्षा र सहकालको देवता देवराज इन्द्रको पुजा–आराधना गरी मनाईएको हो । इन्द्रजात्राको विशेष अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकास्थित गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी छन । त्यस अवसरमा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, विदेशी राजदुतहरु, विशिष्ट व्यक्तित्वहरु पनि इन्द्र जात्रा समारोहमा सहभागी भएका थिए । 


इन्द्रजात्राको अवलोकन गर्नुअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ पनि गरेकी थिइन ।


काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन आज (सोमबार) कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । यसै दिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्राको अवलोकन गर्ने परम्परा रही आएको छ ।

 

 

काठमाडौ दरवार हनुमानढोकाको कालभैरव अगाडी गत शुक्रबार विहान साढे आठ बजेको शुभसाईतमा विधिवत रुपमा इन्द्र ध्वजा (यःसिं) ठड्याएसँगै यस बर्षको इन्द्रजात्रा शुरु भएको थियो । 


उपत्यकाको काठमाडौं, भक्तपुर, ललितपुरमा नेवारहरुले धुमधामसँग मानाउने गर्दछन भने उपत्यका बाहिरका नेवार बाहुल्य स्थानहरु दोलखा, धुलिखेल लगायतका स्थानमा पनि मनाईन्छ । 


उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलाई नेवार भाषामा यः सिं भनिन्छ । 

 

 

फोटो महानगरखवरका लागि रमेश शाक्य

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex