८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने


प्रकाशित: शुक्रवार, १६ बैशाख २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा मेलम्चीले १७ करोड लिटर पानीको वितरण गर्ने भएको छ । 


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि यो परिमाणको मेलम्चीबाट काठमाडौं आउने जनाएको छ । 


केयूकेएलका अनुसार १७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ ।  


केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार ११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो ।


अहिले मीनभवन, महाँकालचौर, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज लगायतका वितरण केन्द्रमार्फत अहिले मेलम्चीको पानी वितरण भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD