९ भाद्र २०८३, मंगलबार
Header

काठमाडौंमा मेलम्चीको पानी ल्याउन माग गर्दै एमालेको प्रदर्शन


प्रकाशित: शुक्रवार, २२ मंसिर २०८०, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन आलटाल गरेको भन्दै काठमाडौंमा एमालेले प्रदर्शन गरेको छ । 


शुक्रवार दिउँसो शान्तिबाटिकामा एमालेको काठमाडौं महानगर कमिटिले रित्तो ग्रागी सहित प्रदर्शन गरेको हो ।


शान्तिवाटिकामा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारले काठमाडौं उपत्यकामा पानीको व्यवस्थापन गर्न नसक्दा आन्दोलनमा उत्रिनु परेको बताईन । 


उनले काठमाडौं वासी कहिले सम्म मेलम्चीको आशै आसमा बच्ने भन्दै प्रश्न पनि गरिन, यो अन्दोलन अब नियमित हुने भन्दै उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउन सरकारलाई दवाव दिन आजको कार्यक्रम भएको बताईन । 

 


कार्यक्रमलाई महानगर कमिटिका अध्यक्ष निर्मलरत्न देउलाले पनि सम्बोधन गरेका थिए । 


सो प्रदर्शनमा एमाले पोलिटव्यूरो सदस्य पोलिटब्युरो सदस्य रामेश्वर फुयालसहित, एमाले केन्द्रिय सदस्य तथा महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्य लगायतका नेताहरू उपस्थित थिए ।


शान्तिबाटिका सुरु भएको जुलुस बागबजार, पुतलीसडक हुँदै भद्रकालीमा आएर समापन भएको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex