८ बैशाख २०८१, शनिबार
Header

काठमाडौंमा मेकानिकल पार्किङ्कको प्रस्ताव


प्रकाशित: बुधवार, २१ फागुन २०७६, १८ः३० बजे
- महानगरखब

काठमाडौं । काठमाडौंमा मेकानिकल पार्किङको प्रयोग गर्न जापानको निपोन केवल कम्पनीले प्रस्ताव गरेको छ । 


जापान अन्तरराष्ट्रिय सहयोग नियोगको उक्त कम्पनीले काठमाडौंका पार्किकङको लागि गरेको सर्वेणको आधारमा सो प्रस्ताव गरेका हुन ।

 
निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि सो सर्वेक्षणको गरिएको थियो । 


यस प्रकारको पार्किङमा थोरै ठाउँमा धेरै गाडी पार्किङ् गर्न सकिन्छ, अव्यवस्थित पार्किङ्ले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिन्छ, सहरी सुन्दरता बढाउन सकिने, प्रदुषण घटाउने सडकमा सवारी गुड्दा हुने जाम कम गराउन सहयोग गर्ने छ । 


मेकानिकल पाकिङबाट राजस्वमा वृद्धि हुने, पार्किङ् गरिएका सवारीको सुरक्षा हुने लगायतका फाईदाहरु अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले बताए । 


सर्वेक्षण टोलीका अर्का प्रतिनिधि सेइजि ओकानोले यो प्रणाली जडान र सञ्चालन गर्दा महानगरका प्राबिधिकलाई प्रबिधि र प्राबिधिक पक्षमा बुझ्ने बनाउने र त्यसपछि परियोजना महानगरलाई निःशुल्क हस्तान्तरण गर्ने योजना सुनाए । 


सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौंको पार्किङ व्यवस्थापनको लागि गरियो यो प्रस्ताव महानगर सहभागी भएको परियोजना महानगरको प्राथमिकतामा रहेको जानकारी दिए । 


बैठकमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले, तहगत छलफल र बैठकबाट निष्कर्षमा पुगिने बताए । 

 


अहिले काठमाडौं महानगरका प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा ट्रुली योर्स प्रा. लि.ले सशुल्क पार्किङ् सञ्चालन गरिरहेको छ ।


अहिले प्रस्ताव गरिएको पार्किङ् पजल ढाँचाको एकै पटक १३ वटा कार पार्किङ् गर्न मिल्ने खालको हुनेछ ।  यस प्रकारको पार्किङ् प्रणालीले व्यापारिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई प्रत्यक्ष लाभ पु¥याउने अध्ययन टोलीको भनाइ थियो ।


बैठकमा सार्वजनिक निजी साभेदारि इकाइका प्रमुख ध्रुवकुमार काफ्ले, भौतिक पूर्वाधार बिकास बिभागका इञ्जिनियरहरु प्रेमबहादुर श्रेष्ठ र जनार्दन गिरीलगायत अधिकारीहरु सहभागी थिए । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD