२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा महिलालाई लक्षित गरी सुनको सिक्री लुटनेहरु पक्राउ


प्रकाशित: आइतवार, २४ असार २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको विभन्न स्थानमा महिलाहरुलाई लक्षित गरी सुनको सिक्री लुट्ने चार जनालई प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई आईतवार सार्वजनिक गरेको छ । 


प्रहरीले उनीहसँग लुटपाटमा प्रयोग भएका २ वटा चोरीकै मोटरसाइकलसहित पक्राउ गरेको छ भने लुटेको सुन किन्ने असनमा सुन पसल चलाउने भारतीय पश्चिम बंगालमा ४२ बर्षका श्रीकान्त माईतीलाई पनि नियन्त्रणमा लिएको छ । 


पक्राउ पर्नेमा रामेछापको लिखु– १ दुरागाउँ घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरी धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री, धनकुटा लेगुवाका राहुल माझी छन । 


सुनको सिक्री लुटपाटका मुख्य योजनाकार रविन दमाई भएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा रेकी गरी साँझ विहानपख वाक गर्ने महिलाहरुलाई टार्गेट गरी सुन लुटने गरेको प्रहरीले जानकारी दिए । 


असार १ गतेदेखि २० गतेसम्म उनीहरूले टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानमा महिलाको सुनको सिक्री लुटेका थिए ।


प्रहरीले उनीहरुलाई सिसिटिभीको फुटेज अध्ययन गरी पक्राउ गरेको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex