२४ बैशाख २०८१, सोमबार
Header

काठमाडौंमा महाशिवरात्री ! (तस्वीरहरु) 


प्रकाशित: शुक्रवार, २५ फागुन २०८०, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यका विभिन्न शिवालय, शिव मन्दिरहरुमा महाशिवरात्रि पर्व पुजा आर्चना गरी मनाइएको छ । 


यस अवसरमा आज पाशुपत क्षेत्रमा भगवान शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुने गर्दछ । 


त्यसैगरी, काठमाडौंको हनुमानढोकास्थित मखनमा शिव मन्दिरमा पनि दर्शानार्थीहरुको धेरै घुइचो देखिएको छ । 

 


वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने परम्परा छ । 


शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरूमा दर्शनार्थीहरुको घुइँचो छ ।


आज भक्तजनहरू व्रत बस्ने तथ भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन ।  

 


भगवान महादेवलाई आज जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ । 

 


तस्वीर:बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD